ओलीकै नेतृत्वमा सरकार बनाएर अगाडि बढ्नु उचित हुँदैन : उपेन्द्र यादव

३ बर्ष अगाडि

काठमाडौं - जनता समाजवादी पार्टी नेपाल ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले नेकपा विवाद समाधान गर्न सक्रियता देखाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् । 

पार्टी निकट प्राध्यापक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेकपाको विवादलाई निर्वाचन आयोगले धेरै दिन अल्झाएर राख्न नहुने धारणा राखेका छन् । 

दुई पक्षका लागि दुईटा टेबल राखेर कसको पक्षमा कति जना छन् भनि ‘परेड’ गराएर विवाद समाधान गरि दिनुपर्ने उनले सुझाव दिएका छन् । 

अहिलेको जटिलताबाट मुलुकलाई निकाल्न आवश्यक रहेको बताउँदै उनले आन्दोलनकारी शक्तिको बीचमा दुई वर्षको लागि भएपनि समझदारी बनाएर अगाडि बढ्नुपर्ने बताए । 

उनले भने,‘तर केपी ओलीकै नेतृत्वमा सरकार बनाएर अगाडि बढ्नु उचित हुँदैन ।’ यसको अगुवाई काँग्रेसले गर्नुपर्ने बताउँदै उनले सबैका ध्यान काँग्रेसतिर रहेको बताए । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया