१२ आयोजना निर्माण शुरु

३ बर्ष अगाडि

काठमाडौं - गाउँगाउँमा सरकारका विकास योजना पुगेको प्रत्याभूति दिने गरी तीव्ररूपमा विभिन्न आयोजना सञ्चालनमा आएको भक्तपुरमा संसद् पुनःस्थापनापछि थप १२ आयोजनाको काम सञ्चालन भएको छ । 

सांसदले पाउने निर्वाचन क्षेत्र पूर्वाधार विकास साझोदारी (सांसद विकास कोष) कार्यक्रमअन्तर्गत सांसद महेश बस्नेतले आफ्नो निर्वाचन क्षेत्रको विकासमा मध्यपुरथिमि नगरपालिकाभित्र मात्रै १२ आयोजनाको निर्माणकार्य शुरु गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले समयमै काम सम्पन्न गर्ने गरी आफ्नो क्षेत्रको विकासमा कोषको रकम परिचालन गरेको बताए । 

भक्तपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत मध्यपुरथिमि र सूर्यविनायक नगरपालिका रहेकामा सांसद कोषअन्तर्गतको चार करोडको रकममध्ये सूर्यविनायक र मध्यपुरमा दुई–दुई करोडको योजना छनोट गरी आयोजना शुरु गरेको उनले जानकारी दिए ।

योजनालाई दिगो, प्रभावकारी, स्थायित्व तथा निर्धारित समयमा नै सम्पन्न गराउन उनले आयोजना मूल्याङ्कन तथा अनुगमन समितिसमेत गठन गरेको छ । 

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७÷७८ मा मध्यपुरथिमि नगरपालिकामा विनियोजित रु दुई करोड बराबर आयोजना चालु आवभित्रै सम्पन्न गर्ने गरी तीव्रगतिमा अगाडि बढाइएको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया