मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु

३ बर्ष अगाडि

काठमाडौं- मोरङको गोठगाँउमा भएको सडक दुर्घटनामा बेलबारी ११ लक्ष्मीमार्गका दुई युवाको घटनास्थलमै मृत्यु भएको  छ । 

आइतबार बिहान करिब १ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ४ ख ६९६ नम्बरको माईक्रो र पूर्वबाट पश्चिमतिर जाँदै गरेको प्र।२।०२००१प ३८७८ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 

मृत्यु हुनेमा बेलबारी ११ लक्ष्मीमार्गका अर्जुन न्यौपाने र मनोज कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया