प्रधानमन्त्री ओली विरुद्धको अविश्वासको प्रस्ताव अन्यौलमा

३ बर्ष अगाडि

काठमाडौं - नेकपाका प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको अविश्वास प्रस्ताव अघि बढाउने तयारी गरेपनि अझै अन्यौलमा रहेका छन् । 

ओलीले आइतबारको प्रतिनिधिसभा बैठकबाट राजीनामा नदिए कांग्रेससँग समझदारी गरेर अविश्वास प्रस्ताव अघि बढाउने तयारी गरिएपनि कांग्रेसले अहिलेसम्म ग्रीन सिग्न नदिएका कारण अन्यौलमा परेको हो ।

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई जसरी पनि हटाउनुपर्ने भएपछि अविश्वास प्रस्तावका लागि प्रचण्ड–माधव पक्षले अग्रसरता लिएका छन् । 

तर नेकपा औपचारिक रुपमा विभाजन नभएपछि आफैले अविश्वासको प्रस्ताव दर्ता गर्न असजिलो भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया