नेपाल हाइड्रो डेभलोपरद्वारा लाभांश घोषणा, कति ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल हाइड्रो डेभलोपर लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फागुन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पूँजको १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैयाँ रहेको छ । ३ करोड ३९ लाख रुपैयाँ बराबरको बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी २९ करोड ९० लाख रुपैयाँ पुग्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया