प्रि ओपन सेसनमा नेप्सेमा १३.२९अंकको वृद्धि, ४३ कम्पनी कारोबारमा

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १३।२९ अंक बढेको छ।

गत साता  ९०.६७ अंक बढेर २५०६.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.२९ अंक बढेर २५१९.९७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.६९ अंक बढेको छ।

आइतबार  ४३ कम्पनीको ७३ लाख ८६ हजार ६४१ रुपैयाँ बराबरको ११ हजार ५७२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया