पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा

फागुन २३, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं - हेटौँडामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र ऐतिहासिक गढीहरुको संरक्षणको सन्देश प्रवाह गर्ने उद्देश्यले साइकल यात्रा शुरु गरिएको छ । साइकल यात्रा मकवानपुरगढीबाट सिन्धुलीगढीसम्म हुने छ ।

शनिबार मकवानपुरगढीमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विश्व साइकलयात्री पुस्कर शाहलाई साइकल र राष्ट्रिय झण्डा हस्तान्तरण गरेर साइकलयात्राको शुभारम्भ गरेका हुन् । 

वाग्मती प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजकत्वमा गढीबाट गढीसम्मको साइकलयात्रा आयोजना गरिएको हो ।

चर्चित विश्व साइकलयात्री शाहको अगुवाइमा तीन महिलासहित १२२ साइकलयात्रीले मकवानपुरगढीबाट यात्रा शुरु गरेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए ।  

मकवानपुरगढीबाट हेटौँडा–फापरबारीको सडकखण्ड हुँदै शनिबार राति सिन्धुलीको हरिहरपुरगढीमा बास बसेको टोलीले आज साइकलयात्री सिन्धुलीगढी पुगेर आफ्नो यात्रा समापन गर्नेछ । 

मकवानपुरगढीबाट सिन्धुलीगढीको दूरी १३१ किलोमिटर छ । साइकलयात्राका लागि रु ११ लाख ५० हजार लाख खर्च हुने अनुमान गरिएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८