३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्यो

३ बर्ष अगाडि

कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुगेको छ।कोभ्याक्सले दिने भनिएको एक करोड ३० लाख डोज खोपमध्ये आज ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आएको हो ।

खोप लिएर आएको टर्किस एयरलाइन्सको विमान बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । उक्त खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । 

भारतले अनुदानमा दिएको १० लाख मात्रा कोभिसिल्ड खोप पनि अक्सफोर्ड अस्ट्राजेनेकाकै उत्पादन हो ।सरकारले दोस्रो चरणको खोप अभियानका क्रममा आइतबारबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिँदै छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया