भिभोका विभिन्न मोबाइल सेटहरुको नयाँ मूल्य सूची सार्वजनिक, के कस्तो छ बजार मुल्य ?

३ बर्ष अगाडि

काठमाडौं - चिनियाँ मोबाइल निर्माता कम्पनीले सोमबार नेपालमा आफ्ना विभिन्न मोबाइल सेटहरुको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

कम्पनीको नयाँ मूल्य सूची अनुसार बजारमा उपलब्ध ११ वटा स्मार्टफोनमो मूल्य घटेको छ । जसमा २ जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज भएको भिभो वाई ९१ सी २०२० को मूल्य १२ हजार ९९० रुपैयाँ कायम भएको छ । त्यस्तै ३ जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज रहेको भिभो वाई इलाभेनको मूल्य पनि घटेर १७ हजार ४९९ रुपैयाँमा झरेको छ ।

भिभो वाई २० (४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज) को मूल्य २२ हजार ७९९ रुपैयाँ, भिभो वाई २० (३ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज) को मूल्य २० हजार ९९० रुपैयाँ, भिभो वाई ३० (४ जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज)को २३ हजार ४९९ रुपैयाँ र भिभो वाई ३० (४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज) को मूल्य २५ हजार ९९९ रुपैयाँ रहेको छ ।

यस्तै, वाई सिरिजकै भिभो वाई २० एस (४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज) को नयाँ मूल्य २५ हजार ४९९ रुपैयाँ र भिभो वाई ५१ (४ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज) को मूल्य ३३ हजार ४९९ रुपैयाँ कायम भएको छ ।

भिभोका अन्य मोबाइलको मूल्य सूची यस्तो रहेको छ :

३ बर्ष अगाडि

प्रतिक्रिया