सामसुङको नयाँ रेफ्रिजेरेटर नेपाली बजारमा, कति छ मुल्य ?

३ बर्ष अगाडि

काठमाडौं- इलेक्ट्रोनिक्स ब्रान्ड सामसुङले  नेपाली बजारमा २५३ र ३१५ लिटर क्षमता भएको कर्ड माइस्ट्रो रेफ्रिजेरेटरको बिक्री सुरु गरेको छ ।

कर्ड माइस्ट्रो सामसुङको नयाँ प्रविधि रहेको कम्पनीको दाबी छ । कर्ड माइस्ट्रोमा पाँच घन्टामा पातलो र ६ घन्टामा बाक्लो दही बनाउन सकिन्छ । कर्ड माइस्ट्रो  रेफ्रिजेरेटरले आवश्यक फर्मेन्टेसन गरी दही बनाउन तापक्रम सिर्जना गर्ने कम्पनीले बताएको छ ।

 रेफ्रिजेरेटरमा नर्मल, एक्ट्र सपिङ, भ्याकेसन, सिजनल तथा होम अलोन विभिन्न पाँच
वटा मोड छन् ।

यो रेफ्रिजेरेटर नेपालभर रहेका सामसुङका आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारमार्फत अगस्त २०२० देखि उपलब्ध रहेको कम्पनीले बताएको छ । कम्पनीले रेफ्रिजेरेटरको मूल्य मोडलअनुसार ६३,९९० देखि ७८,९९० रुपैयाँसम्म तोकेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया