प्रधानमन्त्रीसँगको मनमुटावले महान्यायधिवक्ता खरेलको राजीनामा

३ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शार्मा ओलीसँग मनमुटाव बढेपछि महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । 

खरेलले राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आफ्नो राजीनामाको औपचारिक घोषणा गर्नका लागि भने उनले शुक्रबार दिउँसो १ बजे पत्रकारहरु बोलाएका छन् । 

संसद विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली, खरेलसँग असन्तुष्ट थिए । त्यही असन्तुष्टि चर्कँदै जाँदा खरेल राजीनामाको अबस्थामा पुगेका हुन् । 

खरेल  ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त भएका थिए। पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई महान्यायधिवक्ता नियुक्त गर्न ओली नेतृत्वको मन्त्रिपरिषदले नै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया