क्लासिकटेक नेट : छोयो कि ठग्यो

आइतबार, ०८ चैत्र २०७७, १९ : ४५

काठमाडौं । ईन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकले चर्को ठगी गरेको फेला परेको छ ।  गलत विज्ञापन गरेर ग्राहक लोभ्याउने तर सेवामा भने चर्को ठगी गर्ने गरेको फेला परेको हो । 

प्रचारमा ‘छोयो की चल्यो’ भन्ने नारा रहेको भएपनि क्लासिकटेकको सेवा लिनेहरुले भने ‘छोयो कि ठग्यो’को अवस्था रहेको काठमाडौं अनमनगर बस्ने अमर खनालले बताए । ‘मामाले १ वर्षको अग्रिम भुक्तानी दिएर नेट जोडेपनि उहाँ सरुवा भएर गएपछि हामीले चलायौँ, तर हामीले मासिक पैसा तिरेर चलाएको अर्को कम्पनीको नेटभन्दा यो दशौँ गुणा स्लो रहेछ’, उनले भने, ‘एक वर्षको अग्रिम भुक्तानी गरेकोले ठगिनुसम्म ठगियौँ ।’   

इन्टरनेटको विज्ञापनले झुक्याएर आफू क्लासिक टेकको फन्दामा परेको कुलेश्वरका रामजी पन्थीले गुनासो गरे । ‘आकर्षक प्याकेज सहितको विज्ञापनले लोभिएर क्लासिक टेक जोडियो तर सेवा भने प्रचार अनुसार रहेनछ’, पन्थीले भने, ‘एकथरी क्षमता देखाएर अर्कोथरी सेवा दिने रहेछ ।’  

रु १२ हजार तिरेर ६ महिने प्याकेज लिएका कलंकीका अर्का ग्राहकको गत फेब्रुअरी १६ मा एक्कासी बन्द भएको इन्टरनेट सेवा अझै खुलेको छैन । फोनमा मात्रै आफ्नो हजारौँ खर्च भइसकेको उनको गुनासो छ ।  ‘नेट जोडेदेखि ८० पटक त कम्प्लेन गरेँ तर समयमा रेस्पोन्स नै हुन्न’, उनी भन्छन्, ‘फेरी फोन पनि नेपाल टेलिकम नभएर एनसेलमात्र रहेछ, एकपटकमा ५०÷६० रुपैयाँ नै सकिन्छ ।’ 

शुरुमा जोड्ने बेलामा नेट चलेन भने पैसा रिफन्ड हुन्छ भनेपनि अहिले रिफन्ड गरिदेउ भन्दा अर्कोले नजोडेसम्म पैसा फिर्ता पाउँदैन भनेर रोकिराखेको उनको गुनासो छ । 


अर्का एक ग्राकहले पनि ठीक त्यस्तै समस्या झेलिरहेको बताए । केही महिनाअघि क्लासिक टेकका ग्राहक बनेका गौरभ पराजुलीले आफूलाई पनि उक्त कम्पनिले अन्याय गरेको बताए । ‘यो नेट राम्रो छैन । यो नेट नजोड्दा पनि हुन्छ । यसमा पैसा मात्रै लुट्ने कार्य हुन्छ । सस्तो भनेर कनेक्ट गराउँछ अन्तिममा स्पिड केही हुन्न सभिृस त झन झँदै छैन ।’

सन् २०१० देखि सञ्चालनमा आएको क्लासिक टेक ७२ जिल्लामा शाखा रहेको दाबी गर्छ । उक्त कम्पनिका सिइओ तथा प्रबन्ध निर्देशक प्रमेश खरेलले काठमान्डु पोस्टमा दिएको अन्तर्वार्ता अनुसार क्लासिक टेकमा ११ सय जना कर्मचारी छन् । तर, त्यतिका कर्मचारी भएपनि ग्राहकको फोन समेत नउठाएर समस्या र गुनासोबाट भाग्ने गरेको ग्राहकहरु बताउँछन् ।

प्रतिक्रियाका लागि कम्पनिका मार्केटिङ अफिसर कमलेश उपाध्यायको नम्बर ९८०१९७५२० मा पटक पटक फोन गर्दा पनि उनले फोन उठाएनन् ।

आइतबार, ०८ चैत्र २०७७, १९ : ४५

प्रतिक्रिया