जावा पेराक मोटरसाइकल बजारमा सर्वाजनिक, बजार मुल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं- नेपालका लागि जावाको आधिकारिक वितरक अग्नि मोटो इंकले जावा पेराक सार्वजनिक गरेको छ ।

उक्त, मोटरसाइकल बीएस–सिक्स ३३४ सिसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी इन्जिनमा उपलब्ध छ, जसले ३०० एचपी पावर र ३१ एनएम टर्क उत्पन्न गर्छ । ६ स्पिड ट्रान्समिसनको यो मोटरसाइकलमा ट्वीटेड चेसिस र स्विङ आर्म समावेश छ । सौन्दर्यलाई ध्यानमा राखेर यसमा फ्लोटिङ सिंगल सिट छ, जसको मुनि गोलो ब्रेक लाइट छ ।

 ‘पेराक विशेषगरी नेपाली युवाको रोजाइमा पर्नेछ,’ जावा मोटरसाइकल, नेपालका महाप्रबन्धक शरद मिश्रले भने । पेराकको बुकिङ काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवाको आउटलेटबाट गरिने कम्पनीले बताएको छ । कम्पनीले पेराकको मूल्य ७ लाख ५० हजार निर्धारण गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया