काठमाडौं- नेपाली बजारमा बजाज बाइकको मूल्य बढेको छ। चैत ८ गतेदेखि लागू हुने गरी नेपालका आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ मूल्य सूची सार्वजनिक गरेको हो।
बजाजको विभिन्न मोडलका बाइकमा एक हजार रुपैयाँदेखि ५ हजारसम्मले मूल्य वृद्धि भएको छ।
नयाँ मूल्य सूची अनुसार बजाजको सबैभन्दा सस्तो बाइक प्लाटिना १०० इएस छ। यसको बजार मूल्य जम्मा १ लाख ८२ हजार ९ सय पुगेको छ। यो बाइकमा १ हजार रुपैयाँले मूल्य वृद्धि भएको छ भने कतिपय बाइकको मूल्य भने परिवर्तन भएको छैन।
(हेर्नुेहोस नयाँ मुल्यसूची)
प्रतिक्रिया