लाइसेन्स वितरणमा नयाँ सिस्टम, क्यूआर कोडसहित कार्ड दिने तयारी !

३ बर्ष अगाडि

सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणमा नयाँ सिस्टम ल्याएको छ । सरकारले ट्रायल पास गरेको एक वर्षसम्मको लागि छुट्टै कागजी लाइसेन्स जारी गर्ने भएको हो । 

चालकले एक वर्षसम्म परीक्षण कालको रुपमा बिताउनुपर्ने भन्दै एक वर्षका लागि क्विक रेस्पोन्स (क्यूआर) कोडसहितको परीक्षणकालीन लाइसेन्स जारी गरिन लागेको यातायात विभागले जनाएको छ । 

चालकले आगामी जेठदेखि ट्रायल पास भएको एक वर्षपछि मात्रै स्मार्ट लाइसेन्स पाउनेछन् । ट्राफिक प्रहरीले  क्यूआर कोडबाट लाइसेन्स सक्कली हो या नक्कली हो भनेर पुष्टि गर्ने छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया