प्रधानमन्त्रीको टिप्पणी : 'बढी बिक्ने भन्ने अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार चैं दिँदैन, उसको सम्वाददाता छैन ?

३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो राजीनामा मागिएको विषयमा समाचार छाप्ने अखबारप्रति सार्वजनिक टिप्पणी गरेका गरेका छन् । एउटा राष्ट्रिय पत्रिकाले मेलम्चीको पानी काठमाडौंमा आएको थाहा नपाएको भन्दै प्रधानमन्त्रीले पत्रिकाको नाम नलिई सो अखबारमाथि खरो टिप्पणी गरेका हुन् ।

बालुवाटारमा शनिबार आयोजित सडक उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘बहुत आफूलाई स्थापित, राष्ट्रको सबभन्दा ठूलो, बहुत लोकप्रिय, बढी बिक्ने भन्ने अखबारले काठमाडौंमा मेलम्चीको पानी आएको समाचार चैं दिँदैन । प्रधानमन्त्रीको राजीनामा मागियो भनेर...। आज माग्या हो र प्रधानमन्त्रीको राजीनामा ? ’

प्रधानमन्त्री ओलीले अगाडि भने, ‘दिनैपिच्छे प्रधानमन्त्रीको राजीनामा मागेको चैं त्यो अखबारले छाप्छ, तर, मेलम्चीको पानी आएको थाहा पाउँदैन । म कसैप्रति लक्षित परिराख्या छैन, तर प्रवृत्तिको कुरा गरिराख्या छु । पत्रकारिता ! काठमाडौंमा नै उसको सम्वाददाता छैन । राष्ट्रपति प्रधानमन्त्री गएको ठाउँमा उसको सम्वाददाता पुग्दैन । लाइभ देखाएको हेर्न भ्याउने रिपोर्टर छैन । कस्तो राष्ट्रिय पत्रिका होला ? ’

३ बर्ष अगाडि

प्रतिक्रिया