पर्यटन आगमन ह्वात्तै बढ्यो, २०२१ को ३ महिनामा कति भित्रिए ?

२ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरसको जोखिमका बीच पनि सन् २०२१ मा पर्यटन आगमन बढ्न थालेको छ । सन् २०२१ को पहिलो ३ महिनामा नेपालमा ३२ हजार ९९७ जना विदेशी पर्यटक आएका छन् ।
नेपाल पर्यटन बोर्डबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार गत मार्च महिनामा मात्र १४ हजार ९७७ विदेशी पर्यटक आएका छन् । 
कोरोना भाइरसका कारण सन २०२० मा पर्यटन आगमन नमज्जाले प्रभावित भएको थियो । तर, अहिले पर्यटन आगमन विस्तारै लयमा फर्किन थालेको बताइएको छ । पछिल्लो समय महिनै पिच्छै पर्यटक आगमनको संख्या ह्वात्तै बढेको छ ।
२०२१ पहिलो महिना (जनवरी) मा ८ हजार ८७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । दोस्रो महिना (फेव्रुअरी) मा भने ९ हजार १४६ जना पर्यटक आएको देखिन्छ । मार्चमा भने त्यस्तो संख्या ह्वात्तै बढेर १४ हजार ९७७ जना पर्यटक नेपाल आएका छन् । 
बोर्डकाअनुसार मार्चमा भारतदेखि मात्र ७ हजार ६५८ जना पर्यटक आएका छन् । अमेरिकाबाट १७०३, चीनबाट १२०७, बेलायतबाट ६६७ र जर्मन ३१२ जना विदेशी पर्यटक आएका छन् । मार्चमा सबैभन्दा पर्यटक आउने पाँच देश यीनै भएको बोर्डको भनाइ छ । 


 

२ बर्ष अगाडि

प्रतिक्रिया