रेड्मी नोट १० नेपाली बजारमा, बजार मुल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं- नेपाली बजारमा चिनियाँ कम्पनी साओमीले  रेड्मी नोट टेन स्मार्टफोन भित्र्याएको छ।

आकर्षण डिजाइन र उत्कृष्ट प्रविधिका साथ यो फोन बजारमा आएको कम्पनीले जनाएको छ । फोनमा ४८ मेगापिक्सेलको क्यामेरा, ६० हर्ज एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागज ६७८ प्रोसेसरलगायतका फिचर छन् ।

क्वालकम स्न्यापड्रागन ६७८ प्रोसेसरले सञ्चालित यो फोन ६४ र १२८ जबी भेरियन्टमा उपलब्ध भएको छ । भने,र्‍यामको हिसाबले ४ जीबी र ६ जीबी गरी दुई फरक क्षमताका साथ नेपाल भित्रिएको छ ।

रेडमी नोट टेनमा ४८ एमपीको मुख्य क्यामेरा छ । जसमा सोनी आईएमएक्स ५८२ सेन्सर प्रयोग भएको छ।पछाडिको भागमा ४ वटा क्यामेरा रहेको छ, जसमा ४८ एमपी मुख्य सेन्सर, ८ एमपी अल्ट्रा–वाइड एङ्गल लेन्स, २ एमपीको डेप्थ र २ एमपीकै म्याक्रो सेन्सर रहेको छ ।

त्यस्तै सेल्फीका लागि फोनमा १३ एमपी क्यामेरा रहेको छ ।

५००० एमएएच ब्याट्री र ३३ वाट चार्जर–इन–बक्सको साथमा उपलब्ध रेडमी नोट टेन शुन्यदेखि ६७ प्रतिशतसम्म ३० मिनेटमै चार्ज हुने कम्पनीले जनाएको छ । यो फोन ०।६६ मिलिमिटर पातलो र रेड्मी नोट नाइनभन्दा २०।२ ग्राम हलुका रहेको छ । जसले यो स्मार्टफोनलाई एक हातले नै प्रयोग गर्न सहजता प्रदान गर्ने जनाइएको छ ।

नेपाली बजारमा ४ जीबीं६४ जीबी ः २१ हजार ९ सय ९९ रुपैयाँ, ४ जीबीं१२८ जीबी ः २२ हजार ९ सय ९९ रुपैयाँ र ६ जीबी१२८ जीबी ः २४ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया