वायु प्रदुषणले बन्द तीन गन्तव्यको उडान बन्द

चैत २३, २०७७ | आजको अर्थ
ajaako_artha

काठमाडौं। वायु प्रदुषणका काण सोमबार तीनवटा गन्तव्यको आन्तरिक उडान प्रभावित भएको छ । पोखरा, भरतपुर र तुम्लिङटार तर्फको उडान सोमबार बन्द भएको हो । 

बुद्ध, यती, श्री, सौर्य लगायत अन्य वायुसेवा कम्पनीले उडान भर्ने ती ठाउँमा सोमबार  बिहानैदेखि उडान  हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

अन्तर्राष्ट्रिय उडानमा भने हालसम्म मौसम प्रतिकुलताको कुनै प्रभाव नपरेको विमानस्थलले जनाएको छ । 

१० दिन अघि पनि मौसम प्रतिकुल भएका कारण काठमाडौंबाट हुँदै आएको आन्तरिक र अन्तराष्ट्रिय उडान दुवै प्रभावित भएका थिए।

वायुसेवा कम्पनीका अनुसार प्राय जाडो याममा हुस्सु लाग्ने हुँदा यसरी नियमित उडानहरू प्रभावित हुँदै आएका थिए। तर पछिल्लो समय वायु प्रदुषणकै कारण नियमित हवाई यातायात प्रभावित हुँदै आएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८