फ्रान्सले गर्यो सम्पुर्ण एप्पल स्टोरहरु बन्द !

२ बर्ष अगाडि

फ्रान्सले एप्पल कम्पनिका सबै स्टोरहरु बन्द गर्ने घोषणा गरेको छ । फ्रान्सले देशभरमा रहेका आफ्ना सबै २० वटा  स्टोरहरु बन्द गर्ने घोषणा गरेको हो । 

कोभिड १९ को दोस्रो लहर विश्वव्यापी रुपमा चलिरहेको बेला फ्रान्सले पनि आफ्ना विभिन्न स्थानमा लकडाउन गरिरहेको छ ।

कम्पनीले सामाजिक सञ्जाल ट्वीटमार्फत  अप्रिल ३ देखि अनिश्चितकालका लागि स्टोर बन्द हुने जनाकारी दिएको हो ।

 फ्रान्सको सरकारले पुनः लकडाउन गर्ने निर्णय गरेसँगै एप्पलका सम्पुर्ण स्टोरहरु बन्द गर्ने निणर्य गरेको कम्पनिले जानकारी दिएको छ । 

कम्पनीले अति संवेदनशील क्षेत्रका १२ वटा स्टोर यसअघि नै बन्द गरिसकेको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया