आज देशका केही स्थानमा आंशिक बदली

३ बर्ष अगाडि

काठमाडौं– हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

बुधबार देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश लगायत अन्य  केही पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली  रहेको छ भने धेरै भू–भागहरुमा तुवाँलो लागेको अवस्था छ ।

आज दिउसो  देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली  रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै  स्थानहरूमाबाँकि भू–भागका एक वा दुइ स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षा ÷ हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै राती प्रदेश नं १ र सुदुर पश्चिम प्रदेश साथै अन्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया