निरन्तर “एसपीओटू”मोनिटरिङ सहित ओपो ब्याण्ड स्टाइल,नेपालमा उपलब्ध, के कस्ता छन् फिचर ?

३ बर्ष अगाडि

काठमाडौंको न्यूरोडमा आयोजित आधिकारिक फस्र्ट सेल कार्यक्रम मार्फत ओपो एफ१९ प्रोका साथै कम्पनीले ओपो ब्याण्ड स्टाइलको पनि विक्री आरम्भ गरेको थियो । ओपो वाट्च सिरिज अन्तर्गत ओपोको वेयरेबल स्मार्ट डिभाइस लाइनमातहत यो नयाँ उत्पादन हो ।

नयाँ ओपो ब्याण्ड स्टाइलमा सुतिरहेका बखत हरेक सेकेण्ड रगतमा अक्सिजन स्याचुरेशन (एसपीओटू) अनुगमन गरिरहने कन्टिन्यूओस् ब्लड अक्सिजन मोनिटरिङ फञ्शन पनि दिइएको छ । ओपो ब्याण्डले  सक्रिय गतिशील जीवनका लागि आवश्यक १२ वर्कआउट मोड्सका साथै अन्य कन्भिनियन्ट फञ्शन्स पनि उपलब्ध गराउँछ । डिजाइनको कुरा गर्दा ब्याण्डमा १.१-ईञ्च फुल-कलर एमोलेड स्क्रिन जडान गरिएको छ । प्रयोगकर्ताले आफ्नो चाहना अनुसार ब्याण्डको छनोट तथा प्रयोग गर्न सकुन् भन्ने सोचका साथ यसमा बेसिक स्पोर्ट भर्जन र स्टाइल भर्जनमा गरी दूई आकर्षक स्ट्रयाप डिजाइन उपलब्ध गरिएको छ ।

निरन्तर एसपीओटू मोनिटरिङ

आजभोली अधवैशे तथा बृद्धाहरुमा निन्द्राको समस्या कुनै नौलो कुरा रहेन। यूवावर्ग माझ पनि तनाव तथा ब्यस्त कार्यतालिका लगायत कारणले गर्दा निन्द्रा सम्बन्धि समस्याहरु बढ्दै गइरहेको पाइन्छ । ओपो ब्याण्ड हेल्थमोनिटरिङ फञ्शनले निन्द्रा सम्बन्धि समस्या पहिचान गर्ने कार्यमा सहयोग पु¥याउँछ । ब्याण्डले एक्यूरेट स्लिप मोनिटरिङ, हर्ट रेट मोनिटरिङ र कन्टिन्यूओस एसपीओटू मोनिटरिङ जस्ता फञ्शन सपोर्ट मार्फत प्रयोगकर्ताका समग्र निन्द्रा स्वास्थ्य रेकर्ड गर्नुका साथै विश्लेषण प्रदान गर्छ ।

यसमा दिइएको अप्टिकल ब्लड अक्सिजन सेन्सरका कारण ब्याण्डले निरन्तर एसपीओटू मोनिटरिङ गर्ने क्षमता राख्छ । यसको माध्यमबाट ओपो ब्याण्डले प्रयोगकर्ता सुतिरहेको अवस्थामा पनि निरन्तर रुपमा ब्लड अक्सिजन स्याचुरेशन पर सेकेण्ड मोनिटर गर्छ । यसले ८ घण्टाको स्लिप साइकलका दौरान लगातार २८ हजार ८ सय पटक पूर्णतयाःप्रयोगकर्ताको बडी अक्सिजन स्चाचुरेशन मापन गर्दै एसपीओटू मोनिटरिङ गर्छ । यसमा रहेको कन्टिन्यूओस् एसपीओटू मोनिटर र प्रोफेशनल स्लिप मोनिटर मार्फत प्रयोगकर्तालाई स्वस्थ स्लिप ह्याबिट्सको विकास गर्न सहयोग मिल्छ ।

ओपो ब्याण्डमा हर्ट रेट मोनिटरको पनि ब्यवस्गा गरिएको छ । यसमा रहेको अप्टिकल हर्ट रेट सेन्सरले २४सै घण्टा प्रयोगकर्ताको हर्टरेट मोनिटर गर्छ । धड्कन बढी हुँदा अनियमितताको जानकारी प्रयोगकर्तालाई दिन स्मार्ट ब्याण्ड स्वचालित रुपमाभाइब्रेट हुन्छ । ब्यायामका दौरानओपो ब्याण्डले धड्कन मापन गर्ने हुँदा प्रयोगकर्ताले अत्यधिक ट्रेनिङ गर्नुबाट जोग्गिदै आफूले गर्नुपर्ने मेहनतका बारेमा बुझ्दै सहजै आफ्नो लक्ष्य प्राप्त गर्न सक्छन् ।

सक्रिय जीवनका लागि१२ वर्कआउट मोड

निन्द्रा सम्बन्धित स्वास्थ्य समस्याका साथै यूवाहरु ब्यायामकाबारेमा पनि उत्तिकै चिन्तित हुने गर्छन् । यसको समाधान उपलब्ध गराउन ओपो ब्याण्डमा रनिङ, वाकिङ, साइक्लिङ, स्विमिङ, ब्याडमिन्टन, क्रिकेट, योगा लगायत यूवावर्ग माझ लोकप्रिय खेल सम्बन्धित १२ वर्कआउट मोड सम्मिलित गरिएको छ । ओपो ब्याण्डले प्रयोगकर्ताका एक्सरसाइजिङ डाटा रेकर्ड गर्ने हुँदा प्रयोगकर्ताले हेट्याप हेल्थएपमार्फत आफ्नो प्रगती नियाल्दै सक्रिय जीवनका लागि थप प्रेरित हुने अवसर पाउँछन् ।

हरेक पहिरणमा सुहाउँदो डिजाइन

आफ्ना ब्यक्तिगत पृथक स्टाइल प्रदर्शित गर्ने यूवा पुस्ताका चाहनाअनुसार ओपो ब्याण्डमा कम्पनीले वाट्च फेस र स्ट्र्यापमा बृहत्त छनोटको अवसर प्रदान गरेको छ । ओपो ब्याण्डको स्ट्याप बेसिक स्पोर्ट भर्जन र स्टाइल भर्जन गरी दूई स्टाइलमा उपलब्ध गरिएको छ । त्यसैगरी, वाट्च फेसको कुरा गर्दा प्रयोगकर्ताले आफ्नो आवश्यकता र चाहनाअनुसार छनोट गर्न सकुन् भन्ने सोचका साथओपो ब्याण्डले ४० भिन्न डिजाइन उपलब्ध गराउँछ । 

दिर्घकालिन सुविधा

ओपो ब्याण्डले स्मार्टफोनको विस्तारित अंगका रुपमा समेत काम गर्ने क्षमता राख्छ । प्रयोगकर्ताले ब्याण्ड मार्फतै सन्देश, कल नोटिफिकेशन प्राप्त गर्ने, म्यूजिक प्लेब्याक नियन्त्रण तथा आफ्नो फोन खोज्ने कार्य समेत गर्न सक्छन् ।
ब्याट्रीको कुरा गर्दा ओपो ब्याण्डमा उच्च कार्य क्षमताको लो पावर्ड प्रोशेसरको प्रयोग गरिएको छ । १००एमएएच ब्याट्री जडित यो ब्याण्ड जम्मा १.५ घण्टाको समयमा पूर्ण रुपमा चार्ज हुन्छ ।

आकर्षक डिजाइन र उच्च कोटीको फिटनेश क्षमता सहितको यो ब्याण्डको नेपालीबजारमा मूल्य रु. ५ हजार ५ सय ९९ निर्धारण गरिएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया