आखिर किन छाड्नि एलिजा पछि लक्ष्मीले फिल्म ‘घिन्ताङ’ ?

३ बर्ष अगाडि

काठमाडौं- एक समयका सफल निर्देशक दीपक श्रेष्ठ सात वर्षपछि फिल्म ‘घिन्ताङ’ बाट निर्देशनमा पुनरागमन गर्दैछन् । आफ्नो कमब्याक फिल्मलाई उत्कृष्ट बनाउन उनले लामो समय स्क्रिप्टमा मिहिनेत गरे । तर, फिल्मका लागि साइन भएका कलाकारबाटै उनले साथ पाइरहेका छैनन् । सबैभन्दा पहिला अनुबन्ध भएकी नायिका एलिजा गौतमले पिता विरामी भएको कारण देखाउँदै फिल्म छाडिन् ।
 
मुहूर्तको अघिल्लो दिन निर्देशक श्रेष्ठले एलिजाको ठाउँमा अभिनेत्री लक्ष्मी वर्देवालाई अनुबन्ध गरे । सरस्वती पूजामा मुहूर्त गरिएको फिल्मको केही दिनमा छायांकन सुरु हुने बताइएको थियो । 

तर, यसपटक पनि उनले कलाकारबाट धोका पाएका छन् । फिल्मबाट लक्ष्मीले हात झिकेकी छन् । छायांकनरत फिल्म ‘अनन्त’ का लागि उनले ‘घिन्ताङ’ छाडेकी हुन् । भनिएको समयमा छायांकन सुरु नभएपछि फिल्म छाड्न बाध्य भएको उनको भनाई छ । लक्ष्मीले फिल्म गर्न नभ्याउने भएपछि निर्देशक श्रेष्ठले अभिनेत्री नीता ढुंगानालाई फिल्ममा अनुबन्ध गरेको जानकारी प्राप्त छ ।
 
फिल्ममा अभिनेता गौरव पहारी भने यथावत छन् । एकल महिला र पुरुषबीचको अन्तरजातीय प्रेम सम्बन्धको कथा पेश गर्ने फिल्ममा नीर शाह र मदनकृष्ण श्रेष्ठको पनि विशेष भूमिका रहनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया