नयाँ वर्षको अवसर पार्दै शु्रक्रबारदेखि  सिनेमा हलमा फिल्म ‘श्री’

३ बर्ष अगाडि

काठमाडौं–  फिल्म ‘श्री’ यही शुक्रबार अर्थात् चैत २७ गतेदेखि देशभरका सिनेमा हलहरुमा प्रदर्शन हुने भएको छ ।

लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा तयार पारेको ‘श्री’ बारे मंगलबार राजधानीको सिडिसी सिनेमामा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ  ।

नयाँ वर्षको अवसर पारेर दर्शकमाझ आउन लागेको ‘श्री’ मा सन्दिप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, रविन्द्र झा, भोला सापकोटा, कमलजंग बोहरा  मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ,नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीले अभिनय गरेका छन् ।

पहिला केही ओटिटीमा मात्रै रिलिज गर्ने तयारी गरिएको भए तापनि ट्रेलर हेरेपछि भने यो फिल्म हलमै प्रदर्शन गर्नुपर्छ भन्ने लागेर आफैंले पहल गरेको फिल्मका वितरक करण श्रेष्ठले जानकारी दिए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया