चालु आर्थिक वर्षमा सबै बिटिएस टावर जडान सम्पन्न  गरिने

३ बर्ष अगाडि

दूरसञ्चार कम्पनीले देशभर मोबाइल तथा इन्टरनेट सेवाको पहुँच र गुणस्तर वृद्धिमा लागिएको प्रष्ट पारेको छ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मङ्गलबार आयोजित ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तर’सम्बन्धी अन्तर्कृया  कार्यक्रममा टेलिकमका कार्यकारी निर्देशक डिल्लीराम अधिकारीले चालु आवमा सबै बिटिएस टावर जडान सम्पन्न हुने र त्यसबाट टेलिफोनको पहुँच र गुणस्तर वृद्धि हुने बताए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले गुणस्तरीय सेवा नागरिकको हातहातमा पुर्याउन प्राधिकरण लागिरहेको बताए। 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवाको गुणस्तर र पहुँचका विषयमा जनप्रतिनिधिले राखेका जिज्ञासाबाट सरकारको ध्यानाकर्षण भएको र आगामी दिनमा त्यसलाई सम्बोधन गरिने बताए । सेवा प्रदायकको सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली र सुदूरपश्चिम क्षेत्रका बासिन्दाका लागि सहुलियत दिने विषयलाई आफूले निष्कर्षमा पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरे । 

३ बर्ष अगाडि

प्रतिक्रिया