नेप्सेमा सामान्य अंकको गिरावट, कतिको भयो कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- साताको चौथो दिन बुधबार उच्चबिन्दुको रेकर्ड बनाउँदै अगाडि बढेको नेप्से परिसुचक बुधवार २.८५ अंकले गिरावट आउँदै २६७१.६२ बिन्दुमा पुगेको छ ।

आज कारोबारको अन्तिम समयसम्म १ करोड ६३ लाख ६६ हजार ४ सय ७२ कित्ता शेयर खरिद बिक्री हुँदा ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २ सय ९ रुपैयाँ बराबरको शेयर कारोवार भएको छ ।

बुधवार बैंकिङ, विकास बैंक, होटल एन्ड टुरिजम, माइक्रोफाइनान्स र म्युचुअल फन्ड हरियो देखिँदा अन्य समूहमा भने ओरालो लागेका हुन् ।

बुधवार महिला लघुवित्त, चन्द्रागिरि हिल्स, एनआईसी एसिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोवार हुँदा रेयरिङ हाइड्रो, युनाइटेड इदी मर्दी हाइड्रो, सानिमा जेनरल इन्स्योरेन्स, एसटीसी लगायतका कम्पनीका लगानी कर्ताले सबैभन्दा धेरै गुमाए ।

३ बर्ष अगाडि

प्रतिक्रिया