स्वास्थ्य मन्त्रालयले जारी गर्यो १० बुँदे निर्देशन सहितको  विज्ञप्ति  !

३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  विज्ञप्ति जारी गरेको छ ।  देशभर कोरोना संक्रमण ह्वात्तै बढेका कारण मन्त्रालयले  बुधबार १० बुँदे निर्देशन सहितको  विज्ञप्ति जारी गरेको हो । 

विज्ञप्तिमा मन्त्रालयले रात्रिकालीन व्यवसायहरू ९ बजेपछि बन्द गर्न निर्देशन दिएको छ। रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको हो।

त्यस्तै  ठुला सहरहरूमा एक हजार र साना सहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न,  घरबाहिर जाँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न, र मानिसको भिड हुने स्थानहरूमा अति कडाइको साथ स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

काठमाडौं, पोखरा  लगायत ठुला सहरहरूमा विद्यालय जाने उमेर समूहमा संक्रमणदर बढेकाले विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर सङ्क्रमणको उच्च सतर्कता अपनाउनु भनिएको छ। 

 

 

३ बर्ष अगाडि

प्रतिक्रिया