मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर बाँडफाँट

३ बर्ष अगाडि

काठमाडौं- मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ ।

कम्पनीको अवितरित हकप्रद शेयर चैत २३ गते बाँडफाँट भएको हो । 

कम्पनीले संस्थापक समूहको १७ लाख ५९ हजार ६२१ कित्ता शेयर फागुन २८ गतेदेखि चैत १३ गतेसम्म लिलामीमा विक्री खुला गरेको थियो ।  

साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम चैत २५ गते गतेदेखि शेयरधनीहरुको बैंक खातामा पठाएको जानकारी दिएको छ । कम्पनीको विक्री प्रवन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया