बिहीबार देशमा स्थानीय वायुको आंशिक प्रभाव, कस्तो छ आजको मौसम ?

३ बर्ष अगाडि

काठमाडौं– हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ ।
देशको पहाडी भू–भागहरूमा आंशिक बदली  रहेको छ साथै देशका केही स्थानहरूमा तुवाँलो लागेको अवस्था छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली  रहने छ । प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू–भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुवाँलो रही रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी राती  देशका पहाडी भू–भागमा आंशिक देखि समान्य रही बाँकी भू–भागमा मौसम आंशिक बदली  रहने छ । पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुवाँलो रही रहने सम्भावना रहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया