अहिलेसम्मकै उच्चतम विन्दुमा सेयर बजार

३ बर्ष अगाडि

नयाँ वर्ष शुरु हुनु २ दिन अगाडि सेयर बजारमा चमक थपिएको छ । सोमबार सेयर बजार सूचक १७.२० अंकले वृद्धि भएर २६९१.५५ मा पुगेको हो । 

याे अहिलेसम्मकै उच्चदम विन्दु हाे । सोमबार दिउँसो २६९४ अंकसम्म पुगेको बजार फर्किएर २६९१.५५ मा बन्द भएको हो। 

आज २१६ कम्पनीको १ करोड ३८ लाख २१ हजारभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा  ७ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  

सोमबार १३ समूह मध्ये माइक्रोफाइनान्स, बैंक, विकास बैंक, निर्जीवन बिमा लगायतका ७ समूहको सूचक वृद्धि भएको छ जलविद्युत, अन्य र इन्भेष्टमेन्ट बाँकी ६ वटा समूह भने रातो भएको छ । 
एनआइसी एसिया लघुवित्त र महिला लघुवित्तको सेयरमा बढेर सर्किट लागेको छभने ५ कम्पनीको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको थियो । 

कारोबार रकममा २५ करोड रुपैयाँभन्दा बढीसहित एनआइसी एसिया बैंक सबैभन्दा अग्रस्थानमा रहेको छ । त्यस्तै नबिल २४ करोड ४२ लाख, निफ्रा २२ करोड, नेपाल बैंक २१ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ।

भाेली मंगलबार २०७७ सालकै अन्तिम सेयर कारोबार हुनेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया