काठमाडौं । विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कको स्टार्टअप कम्पनी न्युरालिंकले एउटा यस्तो भिडियो सार्वजनिक गरेको छ, जसले धेरैलाई आश्चर्यमा पारिदिएको छ ।
सार्वजनिक भएको भिडियोमा एउटा बाँदर आफ्नै दिमाग लगाएर भिडियो गेम खेलिरहेको देख्न सकिन्छ । एउटा बाँदर भिडियो गेम पोंग खेलिरहेको न्युरालिंकको भिडियो मस्कले ट्वीटरमा सेयर गरेका छन् ।
स्मरण रहोस् न्युरालिंक एउटा यस्तो कम्पनी हो जसले जसले प्रत्यारोपणयोग्य मस्तिष्क मेसिन इन्टरफेसको विकास गरिरहेको छ जसले मानिसको मस्तिष्कलाई कम्प्युटरसँग जोड्नेछ ।
भिडियो गेम खेल्ने बाँदरको कथा
नौ वर्षको पेजर नामक उक्त बाँदरले यो भिडियो खिच्नुभन्दा झण्डै ६ हप्ताअघि न्युरालिंकको मेसिन प्रत्यारोपण गरिएको थियो । पेजरलाई सुरुमा जोएस्टिकको सहायताले अनस्क्रिन गेम खेल्न सिकाइएको भिडियोबाट प्रष्ट हुन्छ ।
पेजरले भिडियो गेममा रंगिन वर्गहरुलाई सार्नका लागि जोए स्टिकको प्रयोग गरेको भिडियोमा देख्न सकिन्छ । केही छिनपछि कम्प्युटरबाट जोएस्टिक हटाइन्छ तर पेजरले चाहिँ आफ्नै दिमागले पोंग गेमलाई निरन्तरता दिएको हुन्छ ।
न्युरालिंकले आफ्नो आधिकारिक वक्तव्यमा भनेको छ - हामीहरु यो खुलासा गर्दा खुसी छौँ कि आफ्नै स्नायुजन्य क्रियाकलापमार्फत् पेजर नामको बाँदरलाई कम्प्युटर स्क्रिनमा कर्सर सार्न सक्षम बनाउन न्युरालिंक सफल भएको छ । बाँदरमा १०२४ इलेक्ट्रोडयुक्त न्युरल रेकडिंग तथा डाटा ट्रान्समिसन यन्त्र प्रत्यारोपण गरिएको थियो ।
टेस्ला सीईओ मस्कले उक्त भिडियो शेयर गर्दै ट्वीटरमा लेखेका छन् – बाँदरले आफ्नो दिमागले पोंग खेलेको छ । वास्तवमा एउटा बाँदर ब्रेन चिपको प्रयोग गरी भिडियो गेम खेलिरहेको छ ।
एक अर्को ट्वीटमा मस्कले बताए अनुसार न्युरालिंक कम्पनीले उत्पादन गर्ने उपकरणहरुको सहयोगमा प्यारालाइसिस भएका मानिसहरुले आफ्नो दिमागको सहायताले स्मार्टफोन चलाउन सक्नेछन् र उनीहरुले स्मार्टफोन चलाउने गति सामान्य मानिसले औँलाले चलाउने गतिभन्दा तीव्र हुनेछ । उनका अनुसार न्युरालिंकका उपकरणहरुले पक्षघात भएका मानिसहरुलाई हिड्न सक्ने समेत बनाउनेछ ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२३.६३ | १२४.२३ |
EUR (EUROPEAN EURO) | १ | १२८.७४ | १२९.३६ |
GBP (UK POUND STERLING) | १ | १५१.६१ | १५२.३४ |
CHF (SWISS FRANC) | १ | १२३.४० | १२३.९९ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.८० | ८६.२२ |
CAD (CANADIAN DOLLAR) | १ | ९५.७६ | ९६.२२ |
SGD (SINGAPORE DOLLAR) | १ | ८८.७७ | ८९.२० |
JPY (JAPANESE YEN) | १० | ९.५७ | ९.६१ |
CNY (CHINESE YUAN) | १ | १८.२१ | १८.३० |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३२.९६ | ३३.१२ |
QAR (QATARI RIYAL) | १ | ३३.७५ | ३३.९१ |
THB (THAI BAHT) | १ | ३.५६ | ३.५८ |
AED (UAE DIRHAM) | १ | ३३.६६ | ३३.८२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.११ | २८.२५ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.६७ | ९.७२ |
SEK (SWEDISH KRONER) | १ | १२.२९ | १२.३५ |
DKK (DANISH KRONER) | १ | १७.३० | १७.३८ |
HKD (HONG KONG DOLLAR) | १ | १५.७५ | १५.८३ |
KWD (KUWAITY DINAR) | १ | ४०२.६४ | ४०४.५९ |
BHD (BAHRAIN DINAR) | १ | ३२७.९५ | ३२९.५४ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।