७ हजार एमएएच ब्याट्री  भएको सामसङ  ग्यालेक्सी एम ६२ बजारमा, कति छ मुल्य ?

३ बर्ष अगाडि

नेपाली बजारमा सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एम ६२ सार्वजनिक भएको छ । 

६.७ इन्चको एमोलेड प्लस डिस्प्ले रहेको यो फोनमा ३९३पीपीआई पिक्सेल डेन्सिटी रहेको छ । फोनको पछाडि क्वाड क्यामेरा सेटअप रहेको छ, जसमा मुख्य क्यामेरा ६४ मेगापिक्सेलको छ । त्यस्तै ३२ मेगापिक्सेलको सेल्फी शुटर रहेको छ ।

फोनमा शक्तिशाली ७००० एमएएच ब्याट्री रहेको छ, जसमा २५ वाटको चार्जर, सी पोर्ट यूएसबी र ३.५ एमएम हेडफोन ज्याक रहेको छ ।कम्पनीले एकपटक फुल चार्ज गरेपछि न्यूनतम ५० घण्टासम्म ब्याट्री टिक्ने बताएको छ ।

यो फोनको इन्टर्नल स्टोरेज १२८ जीबी रहेको छ, जसलाई १ टीबीसम्म एक्स्पान्ड गर्न सकिन्छ । यो फोन ६ जीबी र्‍याम र ८ जीबी र्‍याम भेरियन्टमा उपलब्ध भएको छ । जस्को मूल्य क्रमस ः ३९,९९९ र ४२,९९९ रुपैयाँ रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया