२०७७ को अन्तिम दिन इतिहास रचेरै बन्द भयो सेयर बजार

३ बर्ष अगाडि

काठमाडाैं । वर्ष २०७७ को अन्तिम दिन नेपाली सेयरबजार नयाँ इतिहास कायम गर्दै बन्द भएको छ । मंगलबार उत्साहजनक रुपमा नेप्से सूचक २३ दशमलव २३ अंकको बृद्धिका साथ नयाँ वर्षलाई हरियो झन्डा देखाएर स्वागत गर्दै पुरानो वर्षलाई विदाइ गरेको हो । 

नयाँ वर्षको अन्तिम दिन नेप्से सूचक २३।२३ अंकले बढेर २७१४।७९ विन्दुमा पुगेको छ । २७ सयको विन्दु अहिलेसम्मकै सर्वाधिक विन्दु हो । यस दिन बाणिज्य तथा विकास बैंकहरुमा रौनकता देखिएको छ । यी समूहका सूचकहरुमा आकर्षक वृद्धि देखिएका छन् । 
 
आजको दिनमा सेयर बजारका १३ समूह मध्ये ६ वटाको सूचक वृद्धि भएको छ।  । २०९ कम्पनीको १ करोड ४६ लाख ९१ हजारभन्दा बढी कित्ता सेयर कारोबार हुँदा ५ कम्पनीको भाउ सर्किट लेभलसम्म बृद्धि भएको छ । 

यस दिन बाणिज्य तथा विकास बैंकहरुमा रौनकता देखिएको छ । 

कारोबार रकममा २८ करोड ६२ लाख रुपैयाँभन्दा बढीसहित नबिल बैंक अग्रस्थानमा रहेको छ । दोस्रोमा नेपाल बैंक र तेस्रोमा एनआइसी एसिया बैंक रहेका छन् । ७ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया