अब राष्ट्रिय परिचयपत्र नम्बर बिना राहदानी नबन्ने

३ बर्ष अगाडि

अब राष्ट्रिय परिचयपत्र नम्बर बिना राहदानी नबन्ने भएको छ । ‘बायोमेट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्रलाई प्रभावकारी वितरण गर्ने योजना ल्याएको सरकारले साउनदेखि राहदानीमा एनआईडी नम्बर अनिवार्य गर्ने तयारी गरेको हो ।

सरकारले जारी गर्ने विभिन्न किसिमका कार्डमा राष्ट्रिय परिचयपत्र नम्बर समावेश गर्ने योजना ल्याइएको छ ।

त्यस्तै सरकारले ल्याएको नागरिक एप र राष्ट्रिय परिचयपत्र एप एकीकृत गरी राष्ट्रिय तथ्याङ्क विभाग, निर्वाचन आयोगसँगको समन्वयमा एकीकृत ढङ्गले व्यक्तिगत विवरण सङ्कलन गर्ने कार्य भइरहेको राष्ट्रिय रिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

विभागले राष्ट्रिय परिचयपत्र व्यवस्थापन, पञ्जीकरण घटना दर्ता र सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया