७५ हजार मुल्य पर्ने सामसङ ग्यालेक्सी क्वान्टम सार्वजनिक

३ बर्ष अगाडि

सामसङ कम्पनिको  सामसङ ग्यालेक्सी क्वान्टम सार्वजनिक भएको छ । कम्पनीले आफ्नो नयाँ स्मार्टफोन एसके टेलिकमसँगको सहकार्यमा सार्वजनिक गरेको हो ।

यसमा सुपर एमोलेड डिस्प्ले र ६ जीबी र्‍याम दिइएको छ । यसमा सेक्युरिटी प्रविधि क्यूआरएनजी (क्वान्टम रेन्डम नम्बर जेनेरेटर) चिप प्रयोग गरिएको छ ।जसलाई क्वान्टिकले डेभलप गरेका थिए । 

यो फोन  हाललाई दक्षिण कोरियामा सार्वजनिक गरिएको छ । जहाँ यसको मूल्य ६,९९,६०० साउथ कोरियन वन अर्थात ७५ हजार रुपैयाँ माथि छ ।

प्रिबुकिङका लागि उपलब्ध यो स्मार्टफोनको बिक्री आउँदो २३ अप्रिलदेखि सुरु हुनेछ ।

सामसङ ग्यालेक्सी क्वान्टम २ मा ६.७ इन्चको सुपर एमोलेड इन्फिनिटी ओ डिस्प्ले दिइएको छ । जुन फुल एचडी रेजोलुसन तथा १२० हर्ज रिफ्रेश रेटका साथ आएको छ ।यसमा ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज रहेको छ । फोटोग्राफीका लागि फोनमा तीन वटा रियर क्यामेरा राखिएका छन् ।

एन्ड्रोइड इलाभेनमा आधारित यो स्मार्टफोनमा स्नापड्रागन ८५५ प्लस प्रोसेसर राखिएको छ । फोनमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहेको छ भने पावर व्याकअपका लागि ४००० एमएएच क्षमताको ब्याट्री दिइएको छ ।

जसमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर रहेको छ भने साथमा १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र ५ मेगापिक्सेलको डेप्थ सेन्सर दिइएको छ । सेल्फी र भिडियो कलिङका लागि यसमा १० मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया