नयाँ उत्पादन सार्वजनिक गर्दै एप्पल, कहिले ?

३ बर्ष अगाडि

 एजेन्सी - एप्पलले आफ्ना नयाँ उत्पादन बजारमा ल्याउने भएको छ । कम्पनीले आगामी हप्ता यक्त उत्तपादन बजारमा ल्याउने तयारी गरेको हो ।

आगामी साता अर्थात् अप्रिल २० मा नयाँ उत्पादन सार्वजनिक गर्ने एप्पलले जनाएको छ । नयाँ उत्पादन सार्वजनिक गर्ने क्रममा आइप्याड प्रो, आइप्याड मिनी र एयरपोड्सबारे थप जानकारी दिने अपेक्षा गरिएको छ ।

कम्पनीले मंगलबार एउटा भर्चुअल कार्यक्रमका लागि प्रेस निमन्त्रणा पठाइसकेको छ । उक्त कार्यक्रम आगामी मंगलबार क्यालिफोर्नियाको कुपरटिनोस्थित एप्पल पार्क हेडक्वाटर्समा आयोजना हुन गइरहेको छ ।

ब्लुमबर्ग समाचारका अनुसार एप्पलले आईप्याडको नयाँ मोडेल, सुपर ब्राइट लेड डिस्प्लेसहितको अपडेटेड आईप्याड प्रो र सानो बेजेल र ठूलो डिस्प्लेसहित पुनर्डिजाइन गरिएको आईप्याड मिनी सार्वजनिक गर्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया