सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो ‘नयाँ वर्ष एक्सचेन्जको हर्ष’

३ बर्ष अगाडि

काठमाडौं - नेपालको सबै भन्दा भरपर्दो एवं विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले आफ्नो नयाँवर्षको योजना अनुसार एनसेल सँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बार फोन अर्थात फिचर फोन नयाँ फोरजी चल्ने स्मार्ट फोन सँग साट्न सक्ने योजना ल्याएको छ । 

डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभि प्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिना सम्म १ जीबीका दरले एनसेल डेटा पाउँछन् । सामसङलको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्ट फोन पाउँछन् ।

नयाँ वर्ष योजना ‘नयाँवर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने सामसङको प्रतिवद्धता अनुरूप ल्याइएको हो । यस सँगै ग्राहकले उत्कृष्ट स्मार्ट फोनको अनुभव लिदै असीमित डिजिटल सम्भावनाहरु सँग आफूलाई जोड्न सक्छन् । 

एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसङले लिइएको छ । यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको ग्यालेक्सी एम (१ कोर र ग्यालेक्सीएम) २ स्मार्टफोन लिन सक्छन् ।
 
ग्यालेक्सीएम १ कोरमा १ जीबी र्यामर १६ जीबी स्टोरेज क्षमता रहेको छ । ग्यालेक्सीएम २ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्छन् । 

ग्यालेक्सी एम (१ कोर र ग्यालेक्सीएम) २ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव नभएका ग्राहकले पनि सजिलै यी सेटहरु चलाउन सक्छन् ।

आफु सँग भएकोे कुनै पनि पुरानो बार फोन सँग ग्राहकले तत्काल नयाँ स्मार्ट फोन साट्न सक्छन् । पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा आधारभुत शर्तहरु लागू हुने छन् । पहिलो पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनु पर्दछ । 

दोस्रो, फोनको ब्याट्रि, स्क्रीन र फोनको बडी सहि अवस्थामा हुनुपर्दछ । यीदुई शर्तहरु पूरा भएको खण्डमा ग्राहकको फोनलाई उपयुक्त मूल्यांकन गरिने छ र नयाँ फोन किन्नका लागि ग्यारेन्टिड रु। ८०० का साथ एक्स्चेन्ज प्रदान गरिनेछ ।

यो योजना २०७८ वैशाख १ देखि सीमित अवधि सम्मका लागि संचालनमा रहने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया