फेसबुकविरुद्ध मुद्धा, आम्दानीको चार प्रतिशत जरिवाना !

३ बर्ष अगाडि

५३ करोड ३० लाख प्रयोगकर्ताहरुको डेटा इन्टरनेटमा लिक भएपछि फेसबुकविरुद्ध मुद्धा हाल्ने तयारी गरेको छ । यूरोपियन युनियनको तर्फबाट डिजिटल प्राइभेसी ग्रुपले  ईयु नागरिकको डेटामाथि खेलवाड गरेको भन्दै फेसबुकविरुद्ध अदालतमा मुद्धा दर्ता गर्ने भएको हो ।

१०६ मुलुकका ५३ करोडभन्दा धेरै फसबुक प्रयोगकर्ताहरुको सो डेटामा फेसबुक आईडी, फोन नम्बरलगायत फेसबुकका संस्थापक मार्क जुकरवर्ग र अमेरिकी यातायातमन्त्री पेट बुट्टिगिग तथा डेटा प्रोटेक्सनका लागि यूरोपियन यूनियन आयुक्त डिडियर रेन्डर्सको समेत डेटा रहेको थियो । ती डेटामा उनीहरुको प्रोफाइल नेम, फेसबुक आईडी नम्बर, ईमेल एड्रेस र फोन नम्बरहरु थिए ।

पछिल्लो डेटा ब्रिचमा शिकार हुने हाई प्रोफाइल सूचीमा अमेरिकी संघीय व्यापार आयोगबाट ६१ जना र अटोर्नी जनरलबाट ६५१ जना समेत रहेका थिए । 

तर, यो विषयमा फेसबुकले भने यसअघि नै सार्वजनकि भएको डेटालाई संकलन गरी बाहिर ल्याइएको बताएको छ ।

यदि यो मुद्धा दर्ता भएको खण्डमा यसरी ठूलो संख्यामा डेटा लिक भएको घटनालाई लिएर मुद्धा दर्ता हुने पहिलो घटना हुने डिजिटल राइट आयरल्याण्डले जनाएको छ । भने, यो सुरुवात भएकाले आगमी दिनमा यसले निरन्तरता पाउने बताएका छन् ।

यदि यो मुद्धामा फेसबुकले हारेको खण्डमा फेसबुकले आफ्नो एक वर्षको आम्दानीको चार प्रतिशत जरिवाना बुझाउनुपर्ने जनाइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया