ज्ञवालीले भने 'माओवादी नहुँदा पनि देशचाहिँ चल्छ' !

२ बर्ष अगाडि

नेकपा एमालेका नेता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले माओवादी नहुँदा पनि देश चल्ने अभिव्यक्ति दिएका छन् ।

 प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सो पार्टी सहभागी नभएको प्रसंगमा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । 

बैठकमा माओवादीलाई खबर गरिएपनि नआएको बताउँदै उनले भने, ‘उहाँहरु किन आउनु भएन त्यो थाहा भएन, उहाँहरु नहुँदा पनि देशचाहिँ चल्छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई शुक्रबार प्रधानमन्त्रीले फोन गरेको कुरा बाहिर आउने तर खबर नै गरिएन भन्नु अमिल्दो भएको पनि उनले बताए । 

आजको सर्वदलीय बैठक माओवादीले बहिस्कार गरेको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया