साओमी मि मिक्स फोल्ड सेल, एक मिनेटमै ७ अर्ब बढीको बिक्री !

२ बर्ष अगाडि

साओमीले मि मिक्स फोल्डको पहिलो फ्ल्यास सेल गरेको छ । स्टकमा रहेका सबै स्मार्टफोन केही सेकेण्डमै सकिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एक मिनेटमै ४०० मिलियन चिनियाँ यूआन (करिब ७ अर्ब २९ लाख रुपैयाँ) मूल्य बराबरको फोन बिक्री भएको छ । कम्पनीले एक मिनेटमै ३० हजार युनिट स्मार्टफोन बिक्री गरेको हो ।

साओमी मि मिक्स फोल्ड तीन मेमोरी भर्सनमा उपलब्ध छ । यसअन्तर्गत १२÷२५६ जीबी भेरियन्टको मूल्य ९,९९९ चिनियाँ यूआन (एक लाख ८३ हजार रूपैयाँको हारहारी) रहेको छ ।

त्यस्तै १२÷५१२ जीबी भेरियन्टको मूल्य १०,९९९ चिनियाँ यूआन (२ लाख रूपैयाँको हारहारी) र १६÷२५६ जीबी भेरियन्टको मूल्य १२,९९९ चिनियाँ यूआन (२ लाख ३७ हजार रूपैयाँको हारहारी) रहेको छ ।

सबै भर्सनमा दुई एचडीआर एमोलेड डिस्प्ले, स्न्यापड्रागन ८८८ चिपसेट, १०८ मेगापिक्सेलको मुख्य क्यामेरासहित विश्वमै पहिलो पटक विशेष किसिमको लिक्विड लेन्स प्रयोग भएको छ । टिचपाना

२ बर्ष अगाडि

प्रतिक्रिया