फेरी बढ्यो हवाई इन्धनको मूल्य, निगमलाई भने अर्धमासिक ७० करोड ६६ लाख घाटा

२ बर्ष अगाडि

काठमाडौं - नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी हवाई इन्धनमा दुई रुपैयाँ वृद्धि गरेको छ ।

भारतबाट भाउ बढेर आएपछि स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि अनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
 
मूल्य समायोजनपछि हवाई इन्धनको ७६ रुपैयाँ प्रतिलिटर कायम भएको छ । मूल्य समायोजनापछि पनि निगमलाई अर्धमासिक रुपमा ७० करोड ६६ लाख रुपैयाँ घाटा रहेको आयल निगमले जनाएको छ ।

साथै पेट्रोल, डिजेल र मटीतेलको मूल्यमा पनि प्रतिलिटर एक रुपैयाँले वृद्धि भएको  छ । यो सँगै पेट्रोलको १२१ तथा डिजेल र मटीतेलको १०४ रुपैयाँ कायम भएको आयल निगमले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया