‘एक्स नाइन : लेभल वान' बन्ने पक्का, अनमोललाई ७५ लाखको अफर !

३ बर्ष अगाडि

काठमाडौँ  - नेपाली कथानक चलचित्र ‘एक्स नाइन : लेभल वान’ बन्ने भएको छ । मुकुन्द भट्टको निर्देशनमा उक्त एक्सन प्रधान चलचित्र बन्ने भएको हो । 

निर्देशक भट्टले सामाजिक सञ्जालमा फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्मलाई नेपालकै सबैभन्दा ठूलो एक्सन थ्रिलर भनेर उल्लेख गरेका छन् । 

उनले बैशाख २० गते एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिने बताएका छन् । फिल्ममा सरोज रिजाल कार्यकारी निर्माता रहने छन् भने फिल्मको निर्मातामा यादव प्रसाद पाठक रहने छन् ।

फिल्मको कथा, पटकथा तथा संवादमा निर्देशक भट्टसहित नरेशनाथ योगी (किंग योगी) रहने बताइएको छ । उक्त फिल्मको हिरोमा अनमोल केसीलाई लिन लागिएको चर्चा पनि यतिबेला चलिरहेको छ । यस फिल्मका लागि अनमोललाई ७५ लाख अफर गरिएको चर्चाले राम्रै स्थान पाएको छ । 

साथै फिल्ममा सौगात मल्लले भिलेनको भूमिका गर्न लागेको बताइएको छ । यद्यपि निर्देशक भट्टले बैशाख २० गते आधिकारिक रुपमा कलाकार र फिल्मको घोषणा गर्ने बताएका छन्  । 

फिल्ममा करिब ५ करोडको लगानी हुने बताइएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया