कोरोनाको हट स्पट दिल्ली : बिरामीहरूका लागि शय्या, अक्सिजनको अभाव

२ बर्ष अगाडि

भारतको राजधानी दिल्ली कोरोनाको हट–स्पट बनेको छ । दिल्लीमामात्रै प्रत्येक एक घण्टामा एक हजार जनाभन्दा बढी कोरोना संक्रमित थपिन थालेका भारतीय संञ्चारमाध्यमले  जनाएका छन्  । पछिल्लो एक २४ घण्टामा मात्रै २४ हजार ३७५ जना संक्रमित थपिएका छन् 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानीमा कोरोना सङ्क्रमणको बढ्दो घटनालाई लिएर चिन्ता व्यक्त गरेका छन्। उनले यही अवस्था रहे चिन्ताजनक अवस्था आउन सक्छ । स्थिति नियन्त्रणबाहिर जाने कुराले सताइरहेको छ ।
हरिद्वार मा भएको कुम्भ मेलामा कोरोना संक्रमण फैलिएको खबर लगातार आइरहेको थियो ।

उक्त मेलाबाट फर्कनेहरुबाट पनि कोरोना संक्रमण फैलिएको अधिकारीहरुले जनाएका छन् । केजरीवालले उक्त मेलाबाट फर्कने जोकोही पनि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने बताएका छन् 

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सहयोगको अनुरोध गर्दै पत्र लेखेका छन्।  

केजरीवालले आफ्नो पत्रमा लेखेका छन्, 'दिल्लीमा कोरोना अवस्था एकदम गम्भीर भएको छ। यहाँ कोरोनाका बिरामीहरूका लागि शय्या, अक्सिजनको अभाव र लगभग सबै आइसियु बेड भरिएका छन्। हामीले आफ्नो स्तरबाट सम्पूर्ण प्रयास गरिरहेका छौँ। तपाईँको सहयोगको आवश्यकता चाहिएको छ।'

दिल्लीका  मुख्यमन्त्रीले आज एक प्रेस सम्मेलनमा भने, 'पछिल्लो समय दिल्लीमा कोरोनाको बढ्दो घटनाका कारण अब सम्पूर्ण दिल्लीमा केवल १०० आइसियु बेड मात्र बाँकी रहेको छ। यस बाहेक, अक्सिजन आपूर्तिको पनि निकै अभाव भएको छ।' 

त्यसै गरी, उनले पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमितको हुने दर ३० प्रतिशत भएको जुन अघिल्लो दिन २४ प्रतिशत थियो। त्यसै गरी, बिरामीहरू पनि तीव्र रूपमा बढ्दै गएका छन्।'

२ बर्ष अगाडि

प्रतिक्रिया