आकर्षक तलवका साथ बहराइनले माग्यो २०० जना नेपाली पुरुष, महिला कामदार !

३ बर्ष अगाडि

बहराइनको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । बहराइन सरहमा रहेको quick zebra services (QZS) कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको हो । 

कम्पनीले heavy driver का लागि २ जना पुरुष, light driver का लागि २ जना पुरुष, kitchen stewarding का लागि ३ जना पुरुष, operator का लागि ६ जना पुरुष, helper का लागि ५ जना पुरुष, store keeper का लागि २ जना पुरुष र cleaner का लागि १०० जना पुरुष र ८० जना महिला गरि जम्मा २०० जना नेपाली महिला पुरुष कामदारको माग गरेको छ । 

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले तलब खान बस्न सहित करिब ३१ हजार माथि देखि ६५ हजार माथि पाउनेछन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । 

करार अवधि २ वर्षे रहेको छ । जान चाहने इच्छुक कामदारले nice recruiting agency pvt. ltd. को कार्यालय सामाखुसी काठमाडौंमा बैशाख ८ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया