अभिनेता अर्जुनलाई पनि कोरोना संक्रमण

३ बर्ष अगाडि

अभिनेता अर्जुन रामपाललाई  कोरोना संक्रमण पुष्टि भएको छ । अर्जुनले सामाजिक संजाल मार्फत संक्रमणको जानकारी दिएका हुन् । 

कोरोना संक्रमित भएपछि अर्जुनले आफुलाई होम क्वारेन्टाइन गरेका छन् । अर्जुनले कोरोना संक्रमणको जानकारी दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो कोभिड १९ टेष्ट पोजेटिभ आएको छ । तर मलाई अहिले केही लक्ष्यण देखिएको छैन । मैले आफुलाई घरमै क्वारेन्टाइनमा गरेको छु ।’

आफु पुरै मेडिकल केयरमा रहेर जरुरी प्रोटोकल पालना गरिरहेको बताएका अर्जुनले १० दिन यता आफ्नो सम्पर्कमा आएकालाई स्वास्थ्यको ख्याल राख्न र सावधान रहन  समेत अनुरोध गरेका छन् । ‘अहिले हामी सबैका लागि डरलाग्दो समय हो । हामीले सचेत भएर थोरै समयका लागि आफ्नो ख्याल राख्नुपर्छ । यसले अगाडि हामीलाई धेरै फाइदा हुन्छ’ अर्जुनले अगाडि भने, ‘हामी सबै मिलेर कोरोनासँग लड्न सक्छौ ।’ अर्जुन अगाडि पनि बलिउडका थुप्रै कलाकार कोरोना संक्रमित भैसकेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया