साइप्रसले माग्यो नेपाली कामदार, तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - साइप्रसको एक कम्पनीले नेपाली महिला कामदारको माग गरेको छ ।  chriso youkhan private labour office कम्पनीले domestic worker का लागि जम्मा २० जना नेपाली महिला कामदारको माग गरेको हो । 

कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्युनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । 

तलब खान बस्न सहित ४४ हजार माथि पाउनेछन् । इच्छुक कामदारले कर्म इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिसेज प्रा लि को ज्ञानेश्वर काठमाडौंमा बैशाख ८ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया