रुरु जलविद्युत परियोजनाको शेयर रजिस्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

२ बर्ष अगाडि

काठमाडौं - हालैमात्र साधारण शेयर निष्काशन सम्पन्न गरेको रुरु जलविद्युत परियोजनाले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिस्ट्रार नियुक्त गरेको छ । 

रुरु जलविद्युत परियोजना र एनआईबीएल एस क्यापिटल बीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौतामा रुरु जलविद्युत परियोजनाका अध्यक्ष आशिष सुवेदी तथा एनआईबीएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र  सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

परियोजनाले मार्च २०१५ बाट विद्युत उत्पादन गर्दै आइरहेको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया