दिवेश पोखरेल फेरि 'अमेरिकन आइडल' मा

२ बर्ष अगाडि

काठमाडौं - नेपाली गायक दिवेश पोखरेल अर्थर गनले फेरि 'अमेरिकन आइडल'मा प्रतिस्पर्धा गर्ने भएका छन् । बिलबोर्ड अनलाइनका अनुसार, कमब्याक प्रतिस्पर्धीहरुमध्ये सबैभन्दा बढी भोट पाउनेले उत्कृष्ट १० मा स्थान सुरक्षित गर्नेछन् ।

अप्रिल १९ मा प्रशारण हुने आइडलमा स्टेजबाट नै उनीहरुले प्रतिस्पर्धा गर्नेछन् । यसअघि कोरोनाका कारण दिवेश लगायत अन्य प्रतिस्पर्धीले घरबाट नै आफ्नो प्रस्तुति दिएका थिए ।

दिवेशले सामाजिक संजालबाट आफूलाई भोट गर्न अपिल गरेका छन् । उनले, आफ्ना शुभचिन्तकहरुलाई विभिन्न तरिकाले भोट गर्न सक्ने भन्दै साथ र सहयोगको अपिल गरेका हुन् ।

उनी अमेरिकन आइडल १८ औं सिजनको प्रतियोगीतामा उप–विजेता बनेका थिए । दिवेशले उप–विजेताको रुपमा चित्त वुझाउँदा विश्वकै चर्चित गायन रियालिटी शोको विजेता भने जस्ट स्याम भएकी थिइन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया