आजबाट बिक्रीमा आयो अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर, कति कित्ता ?

२ बर्ष अगाडि

काठमाडौं - आजबाट अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५० प्रतिशत हकप्रद सेयर खुला भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर आजबाट बिक्रीमा ल्याएको हो ।

५० प्रतिशत हकप्रद सेयरका लागि कम्पनीले चैत ९ गते बुक क्लोज गरिसकेको छ । चैत ८ गतेसम्म कायम सेयरधनीले यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयरमा लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । 
 
हाल कम्पनीको चुक्ता पुँजी ९९ करोड ५७ लाख रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५० प्रतिशत हकप्रद सेयर निष्कासन खुला गरेको  हो । 

हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया