चन्द्रागिरी हिल्सद्वारा वित्तीय विवरण सार्वजनिक, १८ करोड ११ लाख बढि नोक्सानी

३ बर्ष अगाडि

काठमाडौं - चन्द्रागिरी हिल्स कम्पनीले चालु आर्थिक वर्षको चैत १८ गते सम्ममा कम्पनीले १८ करोड ११ लाख रुपैयाँ बढि खुद नोक्सानी व्यहोरेको छ ।

कम्पनीले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनी १८ करोड ११ लाख २० हजार रुपैयाँ खुद नोक्सानीमा  व्यहोरेको हो ।

गत आवको यसै अवधिमा २ करोड १८ लाख रुपैयाँमात्र नोक्सानीमा रहेको कम्पनीको घाटा कोरोना भाइरसका कारण गरिएको निषेधाज्ञा र लकडडाउनका कारण गत आवको तुलनामा १५ करोड ९३ लाख रुपैयाँ बढेको हो ।

सर्वसाधारणमा १५ लाख ३४ हजार कित्ता शेयर निष्काशन गरेको कम्पनीको शेयरमूल्य धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता २ हजार ४०९ रुपैयाँमा कारोबार भएको छ । तर आम्दानी सुक्दा कम्पनीको वित्तीय अवस्था भने कमजोर देखिएको हो ।

गत आवको तेस्रो त्रैमासमा ४१ करोड २२ लाख ११ हजार रुपैयाँ सञ्चालन आय रहेको कम्पनीको समीक्षा अवधिमा २३ करोड ७९ लाख रुपैयाँ घटेर १७ करोड ४२ लाख २० हजारमा संक्चित भएको छ । वित्तीय विवरण अनुसार केबलकारमा औषतमा दैनिक १ हजार ४०० आगन्तुकले भ्रमण गर्ने गरेको र चन्द्रागिरी हिल्स रिसोर्टमा औषत अक्युपेन्सी ४० प्रतिशत रहेको उल्लेख छ ।

कम्पनीको सञ्चालन आम्दानी पनि १४ करोड २१ लाख रुपैयाँबाट घटेर २ करोड ८१ लाख ऋणात्मक बनेको छ । अन्य आम्दानी १ करोड ४८ लाखबाट १ करोड २७ लाख रुपैयाँ घटेर २१ लाख ३३ हजारमा झरेको छ ।

चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रूपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ११.८१ रूपैयाँ ऋणात्मक रहेको छ । यस्तै जगेडा कोष नोक्सानी ५ करोठडड ४० लाखबाट बढेर ३२ करोड ८ लाख रूपैयाँ पुग्दा प्रतिशेयर नेटवर्थ ९५.९३ बाट ७९.०९ रूपैयाँमा झरेको रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया